दाम एक, रूप अनेक : कतै दानको दाग र कतै हिरासतको बास !

दशैँमा लाखौंले दक्षिणा थापे, तर एक जनाले दान ! दक्षिणाको चर्चा दशैँसँगै सकियो, तर दानको तातोले अझै एमालेका नेता कार्यकर्तालाई पोलिराखेकै छ । दानको तातोले तातेको दशैँ सकिएकै भोलिपल्ट सहकारी ठगीले हिरासत ततायो । कसैलाई दानको दामले दाग लाग्यो, कसैलाई ठगीको दामले बात लाग्यो । दानमा पनि दामकै कुरो, ठगीमा पनि दामकै कुरो । टन्न दाम कमाएर दाममै ढलीमली गर्नेहरू भन्छन्– पैसो केही होइन, हातको मैलो हो । त्यही पैसा नभएर हातको मैलोसमेत राम्ररी पखाल्न नपाएकाहरूका लागि पैसा सबैथोक हो । यता फर्के, उता फर्के, जता फर्...

Source : https://ujyaaloonline.com/story/108221/2024/10/27/one-money-many-forms