दिल्लीको वायु प्रदूषण घातक अवस्थामा, तिहारका बेला झनै बढ्ने जोखिम
भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा हावाको गुणस्तर मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । आज दिल्लीको आनन्दबिहारमा हावाको गुणस्तर मापन सूचक (एक्यूआई) ४ सय ६ र अलिपुर क्षेत्रमा ४ सय ३ मापन भएको भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार एक्यूआई ३ सयभन्दा माथि पुगेमा मानिसका लागि डरलाग्दो वा घातक हुन्छ । तर दिल्लीका कतिपय ठाउँमा एक्यूआई ४ सय नाघेको छ । बिहान दिल्लीको हावाको गुणस्तर औसतमै ३ सय ५६ एक्यूआई पुगेको छ । वायु प्रदूषणका कारण दिल्लीमा आँखा पोल्...
Source : https://ujyaaloonline.com/story/108223/2024/10/27/delhi-air-pollution-is-dangerous-for-health