भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार शुरू

 चितवन – भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरू गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले यो निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अ...

Source : https://ujyaaloonline.com/story/108996/2024/11/19/free-cancer-treatment-begins-for-children-under-14