नेपालबाहिर तिहार
तिहार भन्नासाथ बत्तीको झिलिमिली आँखाअगाडि आउँछ । तिहार नेपालमा मात्रै होइन, छिमेकी राष्ट्र भारतमा पनि मनाइन्छ। यस्तै, दक्षिण एसियाभन्दा बाहिरका देशमा पनि तिहार पर्व मनाइन्छ। यसका अलावा तिहार पर्व अन्य देशमा पनि मनाइन्छ । तीमध्ये केही देशमा तिहार मनाउने तरिका यस प्रकार छन्:
थाइल्यान्ड : थाइल्यान्डमा यसलाई लाभ क्रायोंग नामबाट तिहारकै दिनमा मनाउने गरिन्छ। यो पर्वमा केराका पातबाट विशेष रूपमा तयार गरेको दियो बत्तीमा मोमबत्ती बालेर नदीमा बगाइदिने गरिन्छ । धेरै दियो बत्ती नदीमा बग्ने हुँदा त्यस रात नदीको सुन्दरता झलमलले बढाउँछ। थाइल्यान्डका बासिन्दा एक अर्कालाई बधाईं दिँदै मिठाई पनि बाँड्छन्। नदीमा दियो बत्ती बगाउँदा मान्छेहरूको सबै पाप बगेर जाने विश्वास गरिन्छ।
चीन : चीनमा यो पर्व मनाउनका लागि कयौं दिनदेखि घर सफा गर्न शुरू गरिन्छ। घरबाहिर रातो कागजले बनेको मानव आकृति टाँसिन्छ वा झुण्ड्याइन्छ। रंगिन कागज विभिन्न आकारमा काटेर घरको सजावट गरिन्छ। यसरी सजावट गरेपछि चीनमा वर्षभरिमा कुनै अनिष्ट नहुने विश्वास रहेको छ।
श्रीलंका : श्रीलंकामा पनि तिहार मनाउने गरिन्छ। तिहारको समयमा चिनीको धुलो र मिश्रीबाट बनेका खेलौना विशेषगरी पसलमा राखिएका हुन्छन्। यहाँ मिश्रीलाई नै मिठाइको रूपमा प्रयोग गर्ने परम्परा छ। घरमा माटोको दीप बालेर उज्यालो बनाइन्छ। लक्ष्मी पूजाको रातमा सेतो हात्तीलाई सुनको गहनाले सजाएर जुलुस निकालेर विशेष जात्रा गरिन्छ।
जापान : जापानीहरू लालटिनको तिहारको नामबाट यो पर्व मनाउँछन्। यो पर्व सेप्टेम्बरमा हुन्छ। बगैंचामा रहेका रुखमा लाल्टिन झुण्ड्याउँछन्। रातमा कसैको घरमा पनि ढोका थुन्ने गरिँदैन। रातभर नाचगान चलिरहन्छ। घना जंगलमा आतिशबाजी गर्ने चलन पनि रहेको छ।
बर्मा (म्यानमार) : बर्मामा यो पर्व राष्ट्रिय उत्सवको रूपमा मनाउने गरिन्छ। नेपालमा जस्तै यहाँ पनि देवी लक्ष्मीको पूजा गरिन्छ। त्यहाँका बासिन्दा नयाँ लुगा लगाएर नाचगान गर्छन्। राति दियो बालेर लाइनले सजाएर उज्यालो गरिन्छ र आतिशबाजी पनि गरिन्छ।
मलेसिया : मलेसियामा घरमा सफासुग्घर गरेर घरलाई राम्ररी सजावट गरिन्छ। माटोको दियोको परम्परागत रूपबाट सजाएर, आतिशबाजी गरिन्छ।
इंग्ल्यान्ड : इंग्ल्यान्डमा गार्ड फास्स डेको नामबाट तिहारजस्तै पर्व मनाउने चलन रहेको छ। यो दिन आतिशबाजी गरिनुका साथै चन्दनको टुक्राटुक्री बालेर उज्यालो पारिन्छ र केटाकेटी यसको परिक्रमा गरेर नृत्य गर्छन्।