पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले हरायो

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १ सय ४१ बलअघि नै मात्र १ विकेट गुमाएर भेटायो । पाकिस्तानका सइम अयुबले ८२ रन बनाए । एकदिवसीय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । यस्तै अब्दुल्लाह शफिकले नटआउट ६४ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले १ विकेट लिए । यसअघि घरेलु मैदान एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ३५ ओभरमा १ सय ६३ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभेन स्मिथले सब...

Source : https://ujyaaloonline.com/story/108620/2024/11/8/pakistan-won-by-9-wickets-against-australia