पृथ्वी राजमार्गको तनहुँ खण्डमा दैनिक साढे चार घण्टा सडक बन्द गरी काम थालियो
काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडक खण्डमा दैनिक साढे चार घण्टा बन्द गरी काम थालिएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन गएरातिदेखि यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवतजावत बन्द गरेर काम हुनेछ । यो सडक खण्ड दुई चरणमा बन्द गरी काम थालिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण ...
Source : https://ujyaaloonline.com/story/108988/2024/11/19/work-began-in-tanahun-section-by-closing-the-road-