प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सीमाथि इजरायलले प्रतिबन्ध लगायाे

इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) लाई इजरायलभित्र काम गर्न प्रतिबन्ध लगाउने कानून पारित गरेको छ । संसद्मा यो विधेयकमा मतदान भएकोमा पक्षमा ९२ र विपक्षमा १० मत परेको थियो । यो कानूनले यूएनआरडब्ल्यूका कर्मचारी र इजरायलका अधिकारीबीच हुने सम्पर्कमा पनि रोक लगाउने तथा गाजा र इजरायलको अधीनमा रहेको वेस्ट बैंकमा एजेन्सीको काम गर्न सक्ने क्षमता खुम्चिने बीबीसीले जनाएको छ । गएको वर्षको अक्टोबरमा हमासले गरेको आक्रमणपछि सहयोगका क्रममा यूएनआरडब्ल्यूएले इजरायलबाट निरन्तर आलोचनाक...

Source : https://ujyaaloonline.com/story/108305/2024/10/29/israel-ban-un-palestinian-agency