प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको शिष्टाचार भेट

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । नेपालबाट बङ्गलादेशमा बिजुली निर्यातको सम्झौतामा आजै हस्ताक्षर हुँदैछ । नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलेपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगमब...

Source : https://ujyaaloonline.com/story/107398/2024/10/3/bangladesh-minister-hasan-meeting-with-pm-oli