प्रहरीद्वारा विद्यार्थीलाई प्रशिक्षण
सप्तरी । बढ्दो लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपाय’bout प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
यसै क्रममा मंगलबार राजविराजस्थित ह्यापील्याण्ड बोर्डिङ स्कुलमा कक्षा संचालन गरि विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुलाई सहभागि गराई गरिएको प्रशिक्षण कार्यक्रममा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले लागु औषधको परिचय, प्रकार, लक्षण, यसबाट बच्ने उापय र लागु औषधी सम्बन्धी कानुनी व्यवस्था ’bout प्रशिक्षण दिएका थिए ।
सो अवसरमा उनले पछिल्लो समय यूवाहरुमा बढ्दो लागु औषध सेवनले आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरुलाई सचेत गराउने र यस्ता कुलतबाट जोगाउन विद्यालयहरुमा प्रशिक्षण कार्यक्रम थालिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रताीले विद्यार्थीहरु मार्फत यो कार्यक्रमलाई समाजमा लैजादा घरपरिवार र समाजमा सन्देश लैजान सहज हुने भन्दै सहभागि विद्यार्थीहरुलाई लागु औषध प्रयोग नगर्न र यसबाट हुने हानी नोक्सानी ’bout अरुलाई पनि सम्झाउन अनुरोध गरेका थिए ।
The post प्रहरीद्वारा विद्यार्थीलाई प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102028/