बक्यौता नतिरेसम्म उद्याेगमा बिजुली जोड्न सकिँदैन : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको महसूल नतिर्ने ३२ वटा उद्योगको लाइन काटेको छ । विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योगहरूबाट हुने उत्पादन ठप्प छ । प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसूल तिर्न ९० दिनको समयसीमा दिएको थियो । तर उद्योगीहरूले समय अवधिमा महसूल नतिरेपछि प्राधिकरणले लाइन काटेको छ । प्राधिकरणले किस्ताबन्दीमा महसूल बुझाउन छुट दिने भएपछि आठ वटा उद्योगले महसूल बुझाएका छन् । डेडिकेटेड र ट्रङ्क लाइनको महसूलको विषयमा उद्योगी व्यवसायीहरूमाथि प्राधिकरणका कार्यकारी निर्देशक आक्राम...

Source : https://ujyaaloonline.com/story/108230/2024/10/27/electricity-cannot-be-connected-until-the-dues