बझाङको बहुचर्चित शीलदेवी मेलाको तयारी पूरा, उद्घाटन कार्तिक १ गते
बझाङ । कार्तिक १ गतेवाट सुरु हुने बझाङको बहुचर्चित शीलदेवीको मेला व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको बझाङ उधोग बाणीज्य संघले जनाएको छ । संघले आज चैनपुरमा पत्रकार सम्मेलनको आयोजना गरी व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।
मेलाको लागि मेला आयोजना हुने स्थान, सुरक्षा व्यवस्था, प्रायोजक सहप्रायोजक लगायतका कुराहरु व्यवस्थित गर्ने कार्य सकिएको आयोजकले जनाएको छ ।
कार्तिक १ गते दिउँसो सदरमुकाम चैनपुरमा उदघाटन गरिने र २ गते विहानदेखि लगातार रुपमा पूर्व निर्धारित खेलकुद तथा देउडा प्रतियोगिता चैनपुरको विच केन्द्र ठूला गडामा आयोजना गरिने जनाएको छ । कार्यक्रमहरु आयोजना सकिन झण्डै एक हप्ता समय लाग्न सक्ने जनाइएको छ ।
सधैका वर्षझै यस वर्ष पनि अन्तर पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, अन्तरपालिका स्तरीय पुरुष तथा महिला देउडा प्रतियोगिता तथा स्थानीय उत्पादनको कृषि मेला प्रदर्शनी आयोजना गरिने भएका छन ।
भलिवल खेलमा पुरुषतर्फ प्रथमलाई २ लाख २ हजार ८१, द्वितिय लाई १ लाख २ हजार ८१, तृतिय हुने टिमलाई ५२ हजार ८१ तथा सान्त्वनालाई १२ हजार ८१ रुपैया पुरस्कार रासी राखिएको छ त्यसैगरी महिला भलिवल तर्फ प्रथमलाई १ लाख २ हजार ८१,द्वितिय लाई ५२ हजार ८१ , तृतिय हुने टिमलाई २२ हजार ८१ तथा सान्त्वनालाई ५ हजार रुपैया पुरस्कार रासी राखिएको संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।
त्यसै गरी अन्तरपालिका स्तरीय देउडा प्रतियोगितामा प्रथमलाई ३० हजार,द्वितियलाई २० हजार र तृतियलाई १० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका टिमहरु पनि सहभागी हुन पाउने छन । १ गते उद्घाटन तथा विविध सास्कृतिक कार्यक्रम आयोजना हुने शीलदेवीको मेलामा २ गतेदेखि विहान ८ बजेवाट बेलुकी ६ बजेसम्म कार्यक्रमहरु आयोजना गरिने छन्।
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन शीलदेवीको मेला मनाईदै आएको छ । मेलामा बझाङ तथा आसपासका छिमेकी जिल्लाबाट हजारौको संख्यामा मेला भर्न आउने गरेका छन ।
The post बझाङको बहुचर्चित शीलदेवी मेलाको तयारी पूरा, उद्घाटन कार्तिक १ गते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102258/