बाढी पीडितलाई सघाउन काभ्रेको रोशी गाउँपालिकामा बजेट संशोधन

काभ्रे – रोशी गाउँपालिकाले बाढी पीडितलाई सघाउन चालू आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बाढी पीडितलाई तत्काल सहयोग गर्न गाउँसभाको विशेष अधिवेशनले बजेट संसोधन गरी खर्चको व्यवस्थापन गरेको हो । गाउँसभाको १५औँ अधिवेशनले विपद् काेषमा दुई करोड ८० लाख, विनियोजन गर्दै आवश्यकताअनुसार पीडितलाई प्रदान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । सहायता रकम क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने छ । रोशी गाउँपालिकामा बाढीपहिरोमा परी १२ जनाको ज्यान गएको थियो । यस्तै चार सय ८२ घरमा पूर्ण...

Source : https://ujyaaloonline.com/story/108919/2024/11/17/budget-amendment-roshi-rural-municipality-kavre