बालुवाटारबाट पक्राउ परेका रास्वपा सांसदसहित ५१ जना रिहा

काठमाडौं– काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको थियो। मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ५१ लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको थियो । आन्दोलन सकिएलगत्तै उनीहरुलाई रिहा गरेको प्रहरीले जनाएको छ । सांसद अशोककुमार चौधरी सहित ५१ जना नेताहरु प्रहरी नियन्त्रणमा थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ।

 

Source : https://onlinetvnepal.com/2024/10/185513/