बीपी राजमार्ग आजदेखि खुल्ने : मर्मतको अन्तिम चरणको काम चल्दै

काठमाण्डौ – बाढीपहिरोले क्षति गर्दा अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाण्डौ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत बीपी राजमार्ग आज शुक्रवारदेखि सञ्चालनमा आउने जानकारीसमेत गराउनुभएको छ । आज बिहान १० बजेसम्ममा राजमार्ग सञ्चालनमा ल्याउने गरी मर्मतको अन्तिम चरणको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्...

Source : https://ujyaaloonline.com/story/107667/2024/10/11/bp-highway-to-open-from-today