बुद्ध एयरको जहाजमा काठमाडौं छाड्नेको हुल, फर्किने बेलामा रित्तै
काठमाडौं– गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण अधिकांश अवरुद्ध छ । चाडबाडको समयमा राजमार्ग अवरुद्ध भएपछि आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ ।
तर, यो चाप उपत्यका छोड्नेहरुमा मात्र देखिएको छ । बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौंबाट भद्रपुर जाँदा भरिभराउ रहेको र फर्कने बेलामा रित्तै फर्काउनुपरेको बुद्ध एयरले जानकारी दिएको छ ।
आज यतिबेलासम्म भद्रपुर–काठमाडौं दुई उडान भएकोमा एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र यात्रु रहेको कम्पनीले जनाएको छ । बुद्धले भद्रपुरमा आजबाट दैनिक दुई उडान थपेको छ । यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।
भद्रपुरबाट काठमाडौं एकतर्फी बुद्ध एयरले ५ हजार रुपैयाँ भाडादर तोकेको छ । तर भाडादर कम भएपनि काठमाडौं आउने यात्रु नभएको कम्पनीको भनाइ छ । एकतर्फी चापले त्रिभुवन विमानस्थलमा भने हरेक दिनजसो हुलहुज्जत हुने गरेको छ ।
यस्तै काठमाडौं छाड्ने यात्रुको संख्या बढ्न थालेपछि भद्रपुर, जनकपुरका अझै उडान संख्या थपिने कम्पनीले उल्लेख गरेको छ ।