मंसिर २ गते आइतबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष: सजग रहनुस्, धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्याले पिरोल्न सक्छ ।

वृष: समय शुभ छ । उत्तम भोजन, उपहार पाइने सम्भावना, भाग्य चम्किने देखिन्छ ।

मिथुन: समय त्यति अनुकूल देखिँदैन । राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्यमा समस्या होला ।

कर्कट: समय शुभ छ । धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित होला ।

सिंह: दिन शुभ छ । सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता होला ।

कन्या: सजग रहनुहोला । राजनीतिज्ञबाट तनाव, इज्जतमा धक्का लाग्न सक्ने देखिन्छ ।

तुला: सजग रहनुस् । रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, कार्य असफल हुन सक्छ ।

वृश्चिक: दिन अनुकूल छ । आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा होला ।

धनु: शुभ दिनको आगमनले पैसा लाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता हुनेछ ।

मकर: समय शुभ देखिँदैन । पेटको समस्याले सताउला, आलस्यता, कार्य बाधा हुन सक्छ ।

कुम्भ: परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधूप नहोला भन्न सकिन्न ।

मीन: समय बलवान् भएकाले पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना छ ।

Source : https://newsofnepal.com/2024/11/17/678407/