मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
जनकपुर। मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही रु एक लाखका दरले राहत दिने भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन्। मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला […]