मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई स्यास

काठमाडौं ।

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को अन्तिम स्पर्धाका लागि छानिएका २९ महिलालाई राजधानीमा शुक्रबार राति आयोजित स्यासिङ सेरोमनीमा ट्याग नम्बर र स्यास प्रदान गरिएको छ। अडिसनबाट अन्तिम स्पर्धाका लागि देशका विभिन्न भागबाट छानिएका प्रतिस्पर्धीलाई ट्याग नम्बर र स्यास प्रदान गरिएको हो।

समारोहमा स्पर्धामा सामेल महिलाहरूले आफ्नो परिचय दिएका थिए। यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्स, मेनेजर र २/२ पटक क्यान्सर जितेका महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएको प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।

प्रतियोगितका लागि सिर्जना व्यञ्जनकार, अम्बिका गौतम, प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ, उषाकिरण अधिकारी, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, सुयेशा राउत, एलिना घिमिरे, बिनिता ढकाल,संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा छानिएका छन्।


नयाँ संस्करणको प्रतिस्पर्धाको ग्रान्ड फिनाले आगामी कातिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने आयोजकले जानकारी गराएका छन्। आयोजकका अनुसार यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्।

अश्विनी झाको कोरियोग्राफीमा हुने मिसेस नेपाल वल्र्ड २०२४ को सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतासमेत चयन गरिनेछ। यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताका लागि अवसर मिलाइएको आयोजकले जानकारी गराए।

Source : https://newsofnepal.com/2024/09/23/669428/