म‌ंसीर ७ गतेदेखि ‘तेल भिसा’ प्रदर्शनमा आउँदै

काठमाडौं– शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’ मसीर ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट नायिका ऋचा घिमिरेले कमब्याक गरेकी छिन् भने वर्षा शिवाकोटी र विपिन कार्की मूख्य भूमिकामा देखिएका छन् ।

मंसिर ७ मा सार्वजनिक हुन लागेको यस फिल्मको ‘कति रमाइलो’ बोलको ‘बेबी सावर’को सन्दर्भमा भएको नाचगान र जम्काभेटमा आधारित गीत केही दिनअघि सार्वजनिक भइसकेकोछ । यससँगै हालसम्म फिल्मको निर्माण पक्षले ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ बोलको गरी तीन वटा गीत सार्वजनिक गरिसकेको छन् ।

फिल्मका गीतहरुलाई दर्शकहबाट समेत सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्ममा बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकार फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ । फिल्ममा विपिनले बुबा र छोराको गरी दोहोरो भूमिका निर्वाह गरेका छन् ।

वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । फिल्मको निर्माता अनिल पाण्डे र शिवराज कार्की रहेका छन्। प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ ।

Source : https://onlinetvnepal.com/2024/11/185669/