यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्य केही मुद्राहरूमा थोरै परिवर्तन देखिएको छ। अमेरिकी डलरको खरिददर र बिक्रीदर अघिल्लो दिन जस्तै क्रमशः १३४ रुपैयाँ २३ पैसा र १३४ रुपैयाँ ८३ पैसामा कायम छ।
युरोपियन यूरोको मूल्यमा भने केही वृद्धि भएको छ। आज यूरोको खरिददर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३ पैसामा पुगेको छ। त्यस्तै, युके पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ १२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८९ पैसा रहेको छ। स्वीस फ्रयाङ्कको खरिददर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। त्यस्तै , जापानी येन १० को खरिद दर ८ रुपैंया ७८ पैसा छ भने बिक्रीदर ८ रुपैंया ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
The post यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति? appeared first on Samudrapari.