युवापुस्ता यसरी उद्यमशील बन्न सक्छन्

आर्थिक रूपमा बलियो हुन हिजोआज मानिसहरुले राम्रो जागिर छोडेर आफ्नै व्यवसाय गर्नमा बढी जोड दिएको देखिन्छ । अहिले विश्वव्यापी रूपमा उद्यमशीलताको लहर आएको छ । विशेषगरी स्टार्टअप व्यवसाय फस्टाउँदो छ । नेपालमा पनि कयौं त्यस्ता कम्पनी स्थापना भएका छन् ।


यदि आफूसँग राम्रो बजेट छ भने सजिलै ठूला व्यवसायमा प्रवेश गर्न सकिन्छ । बजेट राम्रो छैन भने पनि नवीन सोच, काम गर्ने जोश र लगनशीलताको चाहिँ खाँचो हुन्छ । हिजोआज स्वदेश तथा विदेशमा फस्टाउँदै गएको केही व्यवसायका बारेमा छोटो चर्चा गरौं ।

ब्लगिङ
अहिले डिजिटलको युग छ । हाम्रो अधिकांश समय मोबाइल स्क्रिनमा बित्छ । के तपाईलाई थाहा छ, मोबाइलबाट पनि पैसा कमाउन सकिन्छ ? यसको लागि ब्लगिङ एउटा राम्रो माध्यम हो । यदि कसैसँग कुनै पनि विषयमा राम्रो ज्ञान छ भने उसले ब्लगिङ गरेर पनि राम्रो कमाई गर्न सक्छ । यसका लागि एउटा वेबसाइट बनाएर आफ्नो ब्लग यस वेबसाइटमा प्रकाशित गर्नुपर्छ । आफ्नोे ब्लगलाई धेरैभन्दा धेरै मानिससम्म पुर्याउनका लागि एसईओको ज्ञान हुन आवश्यक छ। यस बाहेक आफ्नो ब्लगको विज्ञापन पनि गर्न सकिन्छ ।

सोसल मिडिया सर्भिस
हिजोआज धेरै मानिसले सामाजिक सञ्जाल प्रयोग गर्छन् । बालबालिकादेखि वृद्धसम्मलाई यसको लत नै लागेको छ । त्यसैले गर्दा हिजोआज व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो उत्पादन आदिको बजारीकरण गर्न सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । कुनै कम्पनी वा व्यक्तिले आफ्नो उत्पादन, विचार वा कुनै चिज धैर मानिसहरू माझ पु¥याउन युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरू प्रयोग गर्छन् । सोसल मिडिया प्लेटफर्मको राम्रो ज्ञान हुनेले त्यस्ता कम्पनीहरूको सोशल मिडिया प्लेटफर्महरू ह्यान्डल गरी सोशल मिडिया सर्भिसको काम शुरू गर्न सक्नेछ ।

फ्रिलान्सिङ
ग्राफिक डिजाइनिङ, एमएस अफिस सामग्री जस्ता काम जान्ने व्यक्तिहरुले फ्रिलान्सिङमार्फत घरमै बसी बसी हजारौं रुपैयाँ कमाउन सक्छन् । फ्रिलान्सिङमा कामको धेरै दबाब पनि हुँदैन र आम्दानी पनि राम्रो छ। फ्रिलान्सिङ काम खोज्नको बाहिर धाउनु पनि पर्दैन र आफ्नो अफिस खोल्नु पनि पर्दैन। यो काम घरमै बसेर फोन, इमेलमार्फत पाउन सकिन्छ । साथै फ्रिलान्सिङहरू चाहिने कम्पनीहरूले अनलाइनमा प्रकाशित गरेको रिक्त पद हेरेर उक्त काम लिन पनि सकिन्छ ।

होम क्यान्टिन
हिजोआजको व्यस्त जीवनशैलीमा होम क्यान्टिन राम्रो व्यापार हुन सक्छ । व्यस्त जीवनमा मानिससँग न पकाउने समय छ न खाना खाने । मानिससँग होटल वा रेस्टुरेन्टमा गएर खाना खाने समय पनि छैन । यस्तो अवस्थामा होटेल, रेष्टुरेन्ट खोल्ने पुँजीको अभाव छ भने होम क्यान्टिन खोलेर अफिस, स्कुल, कलेजमा खाना पु¥याएर व्यापार गर्न सकिन्छ । विदेशमा होम क्यान्टिनको व्यापार निकै राम्रो चलिरहेको छ । यो व्यवसाय शुरू गर्न, भीडभाड बजारमा पसल खोल्नु पर्दैन, आफ्नै घरबाट पनि यो काम शुरू गर्न सकिन्छ । स्वादिलो, स्वस्थकर, समय मिलाएर खाना वितरणको लागि भने आवश्यक्ताअनुसार कर्मचारी राख्न सकिन्छ ।
भर्चुअल अस्टिेन्ट
हिजोआज लगभग सबै कम्पनीलाई भर्चुअल अस्टिेन्ट चाहिन्छ । भर्चुअल अस्टिेन्टले टाढैबाट कम्पनीलाई विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ । यी सेवाहरूमा कम्पनीसँग सम्बन्धित प्रशासनिक काम, कल गर्ने, इमेल पठाउने, कम्पनीको बैठकको समय निर्धारण गर्ने आदि समावेश छन् ।
हिजोआज भर्चुअल अस्टिेन्टको माग धेरै बढेको पाइन्छ । विशेषगरी नेपालमा यसलाई कल सेन्टरका रूपमा लिइएको देखिन्छ । यो घरको काम जस्तै हो । यसमा आम्दानी राम्रो हुने गर्दछ । भर्चुअल अस्टिेन्ट काम अनलाइनमार्फत पनि पाउन सकिन्छ ।

ई–फ्रेन्ड

डिजिटल युगमा सबै काम अनलाइनबाटै गरिन्छ । यस्तो अवस्थामा मानिसलाई धेरै कुरामा सहयोग चाहिन्छ। त्यो बेला ई–फ्रेन्ड काममा आउँछ । ई–फ्रेन्डको मुख्य काम अनलाइन सुविधासँग सम्बन्धित समस्याहरू समाधान गर्नु हो।
ई–फ्रेन्ड सेवा प्रदान गर्न वेबसाइट बनाएर आफूले दिने सेवाको बारेमा जानकारी प्रदान गर्नुपर्छ । त्यो वेबसाइटमार्फत सेवाग्राहीले सम्पर्क गर्न सक्छन्। यो काम कुनै पनि कम्पनीमा आबद्ध भएर यो काम शुरू गर्न सकिन्छ । कम्पनीहरूले समय–समयमा ई–फ्रेन्ड खोजीरहेका हुन्छन्। ई–फ्रेन्ड काम एक राम्रो क्यारियर विकल्प हो।

Source : https://newsofnepal.com/2024/09/21/669127/