विश्वका नेताहरू संयुक्त राष्ट्रसङ्घको सम्मेलनका लागि भेला हुने क्रम तिब्र

संयुक्त राष्ट्रसङ्घको न्युयोर्क मुख्यालयमा हुने सम्मेलनमा भाग लिन विश्वका नेताहरू भेला हुने क्रम तिब्र भएको छ । यो सम्मेलन गाजामा चलिरहेको युद्ध, मध्यपूर्वमा चर्किएको बढ्दो तनाव, सुडानको भोकमरी, रुस–युक्रेन द्वन्द्वजस्ता समस्या बढिरहेका बेला हुन लागेको छ । विगत वर्षहरूमा जस्तै चीन र रुसका नेताहरू अनुपस्थित रहनेछन् । तर बेलायतका केइर स्टार्मर, युक्रेनका भोलोदिमर जेलेन्स्की र ब्राजिलका लुइज इनासियो लुला डा सिल्भा उपस्थित हुनुहुनेछ । इजरायलका नेता बेन्जामिन नेतान्याहू, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास र इरानका नयाँ राष्ट्रपति...

Source : https://ujyaaloonline.com/story/106861/2024/9/21/world-leaders-are-gathering-for-the-un-conference