वेस्ट इन्डिज 'ए' क्रिकेट टाेली नेपाल आइपुग्याे

काठमाण्डाै – नेपालसँगको पाँच वटा खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिज 'ए' क्रिकेट टोली नेपाल आइपुगेको छ । वेस्ट इन्डिज 'ए' टोली आज बिहान नेपाल आइपुगेको हो । नेपाल र वेस्टइन्डिज 'ए' बीचको पहिलो खेल आउँदो शनिवार हुनेछ । दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज 'ए' सँग शृङ्खला खेल्न लागेको हो ...

Source : https://ujyaaloonline.com/story/101016/2024/4/24/west-indies-a-cricket-team-arrived-in-nepal