सडक दुर्घटनाको अवस्था गम्भीर, सक्रिय हुनुपर्ने निकाय नै निस्क्रिय
काठमाडौं ।
नेपालमा सडक दुर्घटनाको पछिल्लो अवस्था डरलाग्दो देखिएको छ । हरेक महिना सडक दुर्घटनाबाट मर्नेको संख्या पनि बढ्दो अवस्थामा पुगेको छ । सडक दुर्घटनाबाट हुने क्षति गम्भीर अवस्थामा पुगेको सरोकारवालाले बताउँदै आएका छन् । तर, सडक दुर्घटना रोकथामका लागि जुनजुन निकाय सक्रिय हुनुपर्ने हो ती निकाय सक्रिय भएको पाइँदैन ।
सडक दुर्घटनाको पछिल्लो तथ्यांक अर्थात् कार्तिक महिनालाई विश्लेषण गर्ने हो भने पनि मर्नेको संख्या डरलाग्दो देखिन्छ । गत कात्तिक महिनामा दुर्घटनामा परेर २ सय ५४ जनाको मृत्यु भएको छ भने दुर्घटना परी घाइते हुनेको संख्या ६ सय २६ रहेको छ ।
त्यस्तै, कार्तिक महिनामा २ हजार ८ सय २५ वटा सवारी दुर्घटनामा भएका छन् जसमा ८५ ट्रक, २६ ट्रिपर, १ सय २६ सार्वजनिक बस, ४२ माइक्रोबस, ३ सय ८० जिप कार, ६१ ट्याक्टर, १ सय ६१ टेम्पो, १ हजार ७ सय ६३ मोटरसाइकल र अन्य सवारीसाधन १ सय ६८ वटा दुर्घटना भएका छन् ।
यदि सवारीसाधनको अवस्था र यात्रु संख्याभन्दा बढी यात्रु बोकेको सार्वजनिक सवारीसाधन दुर्घटना भयो भने त्यसको जिम्मेवारी प्रस्थान बिन्दुमा खटिने नेपाल प्रहरीको युनिट प्रमुखले लिनुपर्ने र कारबाहीको भागिदार बन्नुपर्नेछ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा सडक दुर्घटनामा परी मर्नेको संख्या ७ सय ७८ रहेको छ । यो अवधिमा सवारी दुर्घटनामा परी २ हजार ६४ जना गम्भीर घाइते भएका छन् भने १० हजार १ सय १५ जना सामान्य घाइते भएका छन् । यो अवधिमा १० हजार ४ सय ७४ वटा सवारी दुर्घटना भएको छ जसमा सबैभन्दा धेरै ६ हजार ४ सय ९८ वटा मोटरसाइकल दुर्घटना भएको छ । साना सवारी साधन १ हजार ३ सय ७६, बस ५ सय ३, टेम्पो ६ सय ८५ वटा र अन्य सवारीसाधन १ हजार ४ सय १२ वटा दुर्घटनामा परेका छन् ।
सडक दुर्घटनाबाट मर्नेको संख्या बढ्दै गएपछि नेपाल प्रहरीले सवारीसाधनको अवस्था, सवारीको क्षमताअनुसार यात्री हाले नहालेको बारेमा प्रस्थान बिन्दुमा खटिने प्रहरीलाई उत्तरदायी बनाउन मंगलवार देशभरका प्रहरी कार्यालयलाई प्रधान कार्यालयले परिपत्र गरेको छ । परिपत्रमा यदि सवारीसाधनको अवस्था र यात्रु संख्याभन्दा बढी यात्रु बोकेको सार्वजनिक सवारीसाधन दुर्घटना भयो भने त्यसको जिम्मेवारी प्रस्थान बिन्दुमा खटिने नेपाल प्रहरीको युनिट प्रमुखले लिनुपर्ने र कारबाहीको भागिदार बन्नुपर्ने उल्लेख गरिएको छ ।
सडक दुर्घटनाका कारण हरेक महिना ठूलो संख्यामा मानवीय क्षति भएपछि प्रहरीले सबै नियमनकारी निकाय जिम्मेवार हुनुपर्ने भन्दै सरकारको समेत ध्यानाकर्षण गराएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीको एक्लो प्रयास मात्रै सम्भव नहुने भएकाले सबै सरोकारवाला निकाय एक ठाउँमा उभिनुपर्ने अवस्था सिर्जना भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीले जुनजुन निकायले आफ्नो काम गर्नुपर्ने हो त्यो हुन नसकेको कारण सडक दुर्घटना बढेपछि नेपाल प्रहरीलाई थप जिम्मेवार बनाउन नयाँ परिपत्र गरिएको जानकारी दिनुभयो । सडक विभागले समयमा सडक मर्मत नगर्ने, यातायात व्यवस्था विभागले सार्वजनिक तथा निजी सवारीसाधनको अवस्थाको बारेमा चेकजाँच नगर्ने, सडकमा खटिने ट्राफिक प्रहरीले सवारीसाधनको अवस्था, सवारी चलाउने चालकले के गरिरहेको छ भन्नेबारेमा जानकारी नलिने र सवारी चालकले क्षमताभन्दा बढी यात्रु चढाउने गरेको कारण दुर्घटना बढेको निष्कर्ष प्रहरी प्रधान कार्यालयले निकालेको छ ।
नेपालका सडकहरू यातायातमैत्री हुन नसकेका कारण दुर्घटना बढेको निष्कर्ष निकालेको प्रहरीले यसको समाधानका लागि सरकारलाई अहिलेसम्म कुनै सुझाव भने दिएको छैन । सवारीसाधनको गलत प्रयोगका कारण दुर्घटना बढेको निष्कर्षसहित सरकार र सरोकारवाला निकायबीच बेलाबेलामा छलफल हुने गरेको भए पनि यसको समाधान के हो भन्ने विषयमा अहिलेसम्म सरकार तथा निजी क्षेत्रले पहिल्याउन नसकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउनुहुन्छ ।
पछिल्लो समय नेपालमा सवारी दुर्घटनामा सार्वजनिक सवारीसाधनभन्दा पनि निजी सवारीसाधन दुर्घटनामा परेको र मानवीय क्षति पनि बढेकाले सबै सवारीसाधनलाई प्रविधिमैत्री बनाउनुपर्ने सुझाव वरिष्ठ उपाध्यक्ष सिटौलाले दिनुभएको छ ।
(२)
फोटो
मेडिसिटीमा मिर्गाैला प्रत्यारोपित बिरामीको मृत्यु (हेड)
क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तद्वारा मूल गेट बन्द
भगवती तिमल्सिना, काठमाडौं
झापाका एक मिर्गाैला प्रत्यारोपित बिरामीको मेडिसिटी अस्पतालको सघन उपचार (आईसीयू) कक्षमा उपचारका क्रममा ३ दिनअघि मृत्यु भएको छ ।
अस्पतालले उपचारका क्रममा चरम लापरबाही गरेको आरोप लगाई मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अस्पतालको मूल गेट नै बन्द गराएका छन् । उनीहरूले मंगलबार दिउँसो ४ बजेदेखि अस्पतालको मूल गेट नै बन्द गरी अन्य बिरामी, एम्बुलेन्स, चिकित्सकलाई समेत आवतजावतमा रोक लगाएका थिए ।
मृतकका आफन्त कुमार राईले अस्पतालले उपचारका क्रममा लापरबाही गरेको बताउनुभयो । उहाँले आफूहरूको अस्पतालमा कुनै आन्दोलन गर्ने मनसाय नभए पनि लापरबाहीका कारण मूलगेटमा चाबी लगाउनुपरेको बताउनुभयो ।
यता, अस्पतालका प्रवक्ता डा. राज रानाले दुई महिनाअघि मेडिसिटीमा मिर्गाैला प्रत्यारोपण सफल भई डिस्चार्ज गरेर घर जानुभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मिर्गाैला प्रत्यारोपण गर्न अन्य अस्पतालले नसक्ने भनेपछि मेडिसिटी पुग्नुभएको र मेडिसिटीले विशेषज्ञ चिकित्सकहरूको अध्ययन अनुसन्धानपछि १ महिना डायलासिस गरेपछि मात्र उहाँको मिर्गाैला प्रत्यारोपण गर्न योग्य भएको ठहर गरी २ महिनाअघि प्रत्यारोपण गरेको हो ।’
अस्पताल प्रशासन र मृतकका आफन्तको जुहारीले दिनभर मेडिसिटी तनावग्रस्त रहेको थियो । डा. रानाले मृतकका आफन्त भनेर अस्पताललाई बन्दी बनाउँदै क्षतिपूर्तिको माग गर्दै अस्पतालको मूल गेट नै बन्द गराएर बस्ने समूहलाई पटकपटक उपचार गर्नु पहिलाको सम्झौता, बिरामीले मिर्गाैला प्रत्यारोपणपछि पालना गर्नुपर्ने नीति, नियम अडियो र भिडियो नै देखाउँदा पनि उहाँहरूले क्षतिपूर्तिबाहेक हामी कुनै कुरामा सहमत छैनौं भन्दै हिँडेको र कानुनी राज्यमा कानुनको पालना गर्ने सबैको दायित्व हुनुपर्ने बताउनुभयो ।
मृतकका आफन्तले अस्पतालसँग ७ लाख रुपियाँ क्षतिपूर्ति र मृतकका एक सन्तानलाई अस्पतालले शिक्षा दिनुपर्ने माग राखेका छन् । अस्पताल भने क्षतिपूर्ति दिने पक्षमा देखिएको छैन । कानुनी रूपमा समस्याको समाधान गर्ने पक्षमा अस्पताल रहेको छ ।
अस्पतालले उहाँको आर्थिक अवस्था कमजोर हुँदै गएको कुरा बुझेर अस्पताललाई तिर्नुपर्ने शुल्क विस्तारै तिर्दै जाने सर्तमा डिस्चार्ज गरेको जनाएको छ । विभिन्न तीनवटा अस्पतालमा सम्भव नभएको उपचार आफूहरूले गरेको अस्पतालले दाबी गरेको छ ।
अन्तिमपटक ३ दिनअघि मध्यराती १ बजे अस्पताल आईपुग्दा बिरामीको शरीरभरि संक्रमण फैलिसकेको अस्पतालले जनाएको छ । उहाँलाई तत्काल भर्ना भएर उपचार गर्नुपर्छ भनेपछि भर्ना बस्न नमानी अन्यत्र अस्पताल जानुभएको र अरू अस्पतालमा उपचार नभएपछि राती ४ बजे पुनः मेडिसिटीको आकस्मिक कक्षमा आई भर्ना भई आईसीयूमा उपचार गर्दा गर्दै बिहान १०ः१५ बजेको समयमा मृत्यु भएको डा. राजले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरले बिरामीको उपचारका क्रममा मृत्यु भयो भनेर दिउँसैदेखि क्षतिपूर्तिको माग राख्दै अस्पतालको मूल गेट बन्द गरी केही व्यक्ति बसेका र उनीहरूलाई सम्झाईबुझाई गर्दै अस्पतालको सुरक्षार्थ सुरक्षाकर्मी खटिएको बताएको छ ।
(३)
फोटो
साइबर अपराधसम्बन्धी कसुरमा दुर्गा प्रसाईं पक्राउ (हेड)
के होला अनुसन्धान र कानुनी कारबाही ? (सबहेड)
जीवन शर्मा, काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘फेक डकुमेन्ट’ बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला अदालत काठमाडौंबाट साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उहाँलाई पक्राउ गरेको हो ।
मंगलवार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई ब्युरोले वीर अस्पतालमा स्वास्थ्य जाँचपश्चात थप अनुसन्धानका लागि साइबर ब्युरो भोटाहिटी पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रुपियाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर प्रसाईंले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको थियो ।
प्रसाईंको फेसबुक पेजबाट सोमबार सार्वजनिक भएको भिडियो रिपोर्टमा प्रयोग भएको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएपछि उहाँमाथि पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ आदेशअनुसार ब्युरोले उहाँलाई घरबाटै पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । प्रसाईंले पछिल्लो समय निकै विवादित र कानुनविपरीत गएर सामाजिक मर्यादा भड्काउने गरी अभिव्यक्ति दिँदै आउनुभएको छ ।
ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा कम्बोडिया बिजनेस फोरममा सहभागी भएको बेला सेयर होल्डरका रूपमा हस्ताक्षर गरेको दाबी गर्दै सामाजिक सञ्जालमा राखिएको उक्त भिडियोमा भनिएको छ– ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’ १४ मे २०१९ मिति राखेर २१ करोड यूएसडी तथा लगानीकर्ता खड्गप्रसाद ओली उल्लेख छ । भिडियोमा प्रश्न गरिएको छ– ‘हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीसँग कम्बोडियामा यत्रो लगानी गर्ने पैसा कहाँबाट आयो पत्रकार मित्रहरू ? न हाम्रो देशका प्रधानमन्त्री न उद्योगी न व्यापारी । यिनले कहाँबाट बनाए यत्रो पैसा ?’
प्रहरीले प्रसाईंविरुद्ध अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् । हालसम्मको प्रारम्भिक अनुसन्धानमा उहाँले बनाएर पोस्ट गरेको भिडियोमा देखिएका कागजात फर्जी भएको पाइएको र उहाँका पछिल्ला गतिविधिमाथि थप अनुसन्धान गरेर अन्य मुद्दासमेत चल्नसक्ने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले नेपाल समाचारपत्रलाई बताउनुभयो । यद्यपि, अरू थप विषयमा समेत उहाँमाथि अनुसन्धान हुने उहाँको भनाइ छ । प्रसाईंविरुद्ध अहिलेलाई ‘किर्ते गर्न नहुने’ र साइबर अपराधसम्बन्धी अभियोग लगाउने तयारी रहेको स्रोतको दाबी छ ।
मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बेइज्जती पनि गर्न पाइँदैन । सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न पाइँदैन । प्रहरीले उहाँलाई आपराधिक उपद्रवविरुद्धको अभियोग पनि लगाउन सक्छ । आपराधिक उपद्रव पुष्टि भएमा ३ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ८९ मा झुटा प्रमाण बनाउन नहुने कानुनी व्यवस्था छ ।
प्रहरीले प्रसाईंविरुद्ध झुटा प्रमाण बनाएको कसुरमा पनि अनुसन्धान हुने जनाएको छ । झुटा प्रमाण बनाएको पुष्टि भएमा ५ वर्षसम्म कैद हुन्छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा ५८ अनुसार राष्ट्रपति वा संसद्लाई धम्की दिन पाइँदैन । त्यसरी धम्क्याएको पुष्टि भएमा ७ वर्षसम्म कैद हुने व्यवस्था छ ।
दुर्गा प्रसाईंको यो हर्कत क्षम्य नरहेको र उहाँमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने नेकपा एमालेका नेता विष्णु रिमालले बताउनुभयो । ‘यो नितान्त व्यक्तिगत र प्रधानमन्त्रीमाथिको झुटो आरोपयुक्त नक्कली कागजात हो । यस्ता कुरा मूर्खहरूले मात्रै पत्याउँछन् । हामीले धेरै बोलिरहनुपर्ने आवश्यकता छैन । जे गर्छ, कानुनले गर्छ’ –उहाँले भन्नुभयो । वरिष्ठ अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार मुलुकी अपराध संहिताको दफा २ सय ७६ को उपदफा ३ (ग) अनुसार सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको ठहर भएकामा सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिवाना हुन्छ भने हस्ताक्षर किर्तेको कसुरमा पाँच वर्ष कैद र पाँच हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
उहाँले यसअघि प्रचण्डको ९७ करोड नगद प्रकाश दाहालको मृत्युपछि वसन्त चौधरीसँग भएको दाबी गर्नुभएको भिडियो पनि भाइरल बनेको थियो । पछिल्लो समय विभिन्न मारवाडी व्यवसायीहरूविरुद्ध समेत प्रसाईंले सामाजिक सञ्जाल तताउनुभएको छ । केही समयअघि रास्वपाकी एक केन्द्रीय सदस्यलाई सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा पक्राउ परी हिरासतमुक्त हुनुभएको थियो । कुनै समय प्रचण्ड र केपी ओलीसँग निकट रहेर दुवै नेतालाई मार्सी चामलको भात खुवाएर चर्चामा आउनुभएका प्रसाईंको पछिल्ला अभिव्यक्तिहरू प्रायः विवादित हुँदै आएका छन् ।
(४)
५६ देशमा अध्ययन अनुमति (स्लग)
विदेश पढ्ने मोहले ३२ अर्ब १७ करोड बाहिरियो (हेड)
–७२ करोड भित्रियो
ईश्वरराज ढकाल, काठमाडौं
चलू आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि असोजसम्म विदेश पढ्न जानेले ३२ अर्ब १७ करोड रुपियाँ लगेका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार तीन महिना अवधिमा नेपाल पढ्न आउनेले ७२ करोड रुपियाँ भित्र्याएका छन् ।
अन्य काममा ७ अर्ब २६ करोड रुपियाँ बाहिरिएको छ । व्यवसाय गर्ने उद्देश्यले हुने भ्रमणलगायतमा भने २२ अर्ब ५१ करोड रुपियाँ बाहिरिएको छ । यसरी यस्ता वैदेशिक यात्राको क्रममा नेपालबाट ५५ अर्ब रुपियाँ बाहिँरिदा १७ अर्बमात्रै भित्रिएको छ । विदेश पढ्न जाने विद्यार्थीले पढाइ शुल्कबापत उक्त रकम विदेश लगेका हुन् । पछिल्लो समय आफ्नो छोराछोरीसँगै विदेश बस्न रुचाउने आमाबाबुले नेपालबाट सम्पत्ति बिक्री गरी विदेशमै बसोबास गर्नेसम्मको व्यवस्था गर्ने गरेका छन् ।
सबैभन्दा बढी जापान जाने विद्यार्थीले भाषा शिक्षण गर्न रकम लैजाने गरेका छन् । तथ्याङ्कअनुसार तीन महिनामा करिब ३ हजार ४ सय जनाले अमेरिका अध्ययन गर्न नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । तथ्याङ्कअनुसार हालसम्म ५६ देशमा अध्ययन अनुमतिपत्र उपलब्ध गराएको छ । विदेश अध्ययन गर्न करिब २८ हजार विद्यार्थीले ५६ देशमा अध्ययनका लागि मन्त्रालयबाट अध्ययन अनुमति लिएका हुन् । गत वर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए । साउनदेखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन् ।
जापानमा जापानिज भाषा अध्ययन गर्न भन्दै ९ हजार ९४ जनाले भर्ना गरेका छन् । मन्त्रालयका अनुसार जापान अध्ययन गर्न जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुकमा कडाइ गरेका कारण जापानलगायत युरोपियन मुलुक जान थालेका छन् । पछिल्लो तीन महिनामा जापानमा भाषा शिक्षणका लागि करिब १० हजार जनाले एनओसी लिएका छन् । वैदेशिक अध्ययनका लागि ७० विषयमा २७ हजार ४ सय २३ जनाले एनओसी लिन आवेदन दिएका थिए ।
कम्प्युटर साइन्समा १ हजार, विज्ञानमा १ हजार ५ सय ९, इन्फरमेसन टेक्नोलोजीमा १ हजार ५५, स्वास्थ्यमा १ हजार १ सय ४२, इन्जिनियरिङमा १ हजार १ सय ३९ जनाले एनओसी लिन आवेदन दिएका थिए । मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार बिजनेसमा १ हजार ८ सय ६९, म्यानेजमेन्टमा ६ हजार ८ सय २९, एमडीएमएसमा ५ सय ८, विज्ञान तथा प्रविधिमा ८ सय २७ जनाले आवेदन दिएका थिए ।
साउनदेखि असोजसम्म बेलायत अध्ययनका लागि ५ हजार ४ सय ५३ जनाले एनओसी लिएका हुन् । मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न जाने गत वर्षको तुलनामा बढी छन् । त्यस्तै, अमेरिकामा ३ हजार ६४, अस्ट्रेलियामा २ हजार २ सय ६६ छ । क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा ९ सय ११, भारतका लागि १ हजार ४ सय ४७ र चीनमा अध्ययन गर्न ३ सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ । युरोपियन मुलुक स्वीजरल्यान्डका लागि १ सय १६, यूएईमा अध्ययन गर्न ६ सय ७१ जनाले एनओसी पाएका छन् ।
मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार थाइल्यान्ड १ सय १६, दक्षिण कोरियामा ९ सय ९४, कतारमा ३९, माल्टा १ सय ९५, जर्मनी ३ सय ३०, फ्रान्स ५ सय १९, फिनल्यान्ड २ सय ३६, डेनमार्क ३ सय १८ साइप्रसमा अध्ययन गर्न १ सय १२ जनाले एनओसी लिएका छन् । १४ देशमा १–१ जनाले मात्र अध्ययनका लागि आवेदन दिएका छन् ।
(५)
फोटो
पहिलोपटक सरकारी स्तरमा शंखधर दिवस मनाइयो
नेपाल समाचारपत्र, काठमाडौं
सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको २५ वर्ष पुगेको अवसरमा रजत वर्ष मनाइयो । वागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजना र राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान मध्यपुर, थिमीको संयोजनमा मंगलवार राष्ट्रपति निवासमा रजत वर्ष मनाइएको हो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले २०५६ साल मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । त्यसयता हरेक वर्ष मंसिर ३ गते जनस्तरमा शंखधर दिवस मनाउँदै आएकोमा सरकारी स्तरबाट मनाइएको यो नै पहिलोपटक हो ।
सो समारोहको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाः लोककल्याणकारी र परोपकारका शिखर पुरुषका रूपमा रहेको उल्लेख गर्र्नुभयो । साख्वाःको योगदानको स्मरणले सबैलाई सामाजिक सेवामा लाग्ने प्रेरित गर्ने पनि राष्ट्रपति पौडेलको भनाइ रहेको छ ।
नेपाल र नेपालीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामिप्यसँग जोडिएको नेपाल संवत् देशको मौलिक तथा गौरवपूर्ण संवत् रहेको बताउँदै राष्ट्रपति पौडेलले सो संवत्को प्रयोगलाई व्यापक बनाउनुपर्ने खाँचो औंल्याउनुभयो । बहुभाषिक, बहुसांस्कृतिक नेपालको विविधता समेटिएको राष्ट्रिय एकता प्रवद्र्धन गर्न पनि नेपाल संवत्को महत्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलको भनाइ रहेको छ ।
सो अवसरमा वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शंखधर साख्वाःले १ हजार १ सय ४५ वर्षअघि नेपाल संवत् चलाउनुअघि गरिब किसान, मजदुरको ऋण तिर्नुभएकाले उहाँलाई महान क्रान्तिकारीको संज्ञा दिनुभयो । साख्वाःऋणले थिचिएका, दुःखीहरूको घाउमा मल्हम लगाउने महामानव रहेको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले विविधता बोकेको नेपालमा नेपाल संवत् इतिहासकै गौरवपूर्ण संवत् रहेको बताउनुभयो । सो अवसरमा उहाँले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन र शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्ने अभियान चलाउने सबै अभियन्ताप्रति आभार प्रकट गर्नुभयो ।
वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फैलाउन सरकारले चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा मध्यपुर शंखधर पार्क र प्रतिष्ठानका लागि ४० लाख, रामघाटमा शंखधरको सालिक निर्माणका लागि २० लाख र हेटौंडामा शंखधर पार्कका लागि ७५ लाख रुपियाँ विनियोजित गरेको पनि मन्त्री लामाले बताउनुभयो । वागमती प्रदेशभित्र अमूर्त संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धन, नेपाल भाषा र तामाङ भाषाको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई फराकिलो बनाउनुपर्ने खाँचो औंल्याउनुभयो । साख्वाःले काठमाडौंका जनताको ऋणमोचन गरी नेपाल संवत् प्रचलनमा ल्याएको इतिहासको स्मरण गर्दै मन्त्री ठकुरीले भन्नुभयो– ‘सामाजिक न्यायको इतिहासमा अविस्मरणीय साख्वाःको योगदानलाई फराकिलो बनाउन उहाँको नाउँमा राष्ट्रिय गौरवको आयोजना र विभिन्न परियोजना सञ्चालन गर्नुपर्दछ ।’
वागमती प्रदेश सरकारले साख्वाःको देनलाई व्यापक बनाउने विभिन्न नीति तथा योजना ल्याउने पनि मन्त्री ठकुरीले उद्घोष गर्नुभयो । सामाजिक समानता र एकताका लागि साख्वाःले पु¥याउनुभएको योगदानको स्मरणले सबैलाई सामाजिक सेवा लाग्न उत्प्रेरित गर्ने पनि मन्त्री ठकुरीको विश्वास रहेको छ ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले शंखधर दिवस तथा नेपाल संवत् नयाँ वर्ष मनाउने कार्य तीनवटै सरकार गर्नुपर्नेमा जोड दिनुभयो । शंखधरको योगदान फैलाउने कार्यले मानिसमा सामाजिक भावना वृद्धि गर्र्न र नेपाल संवत्ले राष्ट्रियता वृद्धि गर्ने बताउँदै अध्यक्ष श्रेष्ठले यस कार्यमा संघ, प्रदेश र स्थानीय सरकारले अग्रसरता देखाउनुपर्ने खाँचो औंल्याउनुभयो ।
सो अवसरमा शंखधर साख्वाःको योगदानलाई व्यापकता दिने कार्यमा टेवा पु¥याउने काठमाडौंं, ललितपुर र मध्यपुर थिमी नगरपालिकालाई सम्मान गरिएको थियो । यस अवधिमा शंखधर साख्वाःको सालिक काठमाडौं, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर, दोलखा, सुनसरी, पोखरा, वीरगञ्ज र खोटाङ गरी देशका विभिन्न स्थानमा गरी २८ वटा स्थानमा निर्माण भइसकेको छ । साख्वाःको जीवनी विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छ ।
५ पेजमा
फोटो
मस्र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक सम्पन्न
नवीन लामिछाने, मनाङ
मनाङको सदरमुकाम चामेमा मस्र्याङ्दी करिडोरको अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ ।
मस्र्याङ्दी उपत्यकाभित्र पर्ने मनाङको चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासोँ गाउँपालिका, लमजुङको बेँसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राईनास नगरपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिका, तनहुँको भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका तथा बन्दीपुर गाउँपालिका चार जिल्लाका १४ पालिकाको अन्तरपालिका समन्वय बैठक मनाङको चामे गाउँपालिकामा सम्पन्न भएको छ ।
चामेमा सम्पन्न बैठकले डुम्रे–बेँसीसहर–चामे सडकखण्ड द्रुत गतिमा स्तरोन्नतिको कार्य अघि बढाउन पहल गर्ने, मस्र्याङ्दी करिडोरको कानुनी वैधताका लागि दर्ता प्रक्रिया अघि बढाउने, जलवायु परिवर्तनका कारण परेको प्रभाव सम्बन्धमा सम्बद्ध निकायका समाधानका लागि आवश्यक पहल गर्ने समन्वय समितिका अध्यक्ष तथा भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
कोरिडोरको पाँचौं बैठकले गरेका निर्णयमाथि प्रगति समीक्षा गर्नुका साथै करिडोर क्षेत्रमा सहकार्यका अन्य क्षेत्रको पहिचान गर्ने सम्बन्धमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन एवम् पूर्वाधार र पर्यटन तथा एग्रो टुरिजमलाई सँगसँगै अघि बढाउन आवश्यक कार्ययोजना तयार गर्ने निर्णय गरेको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
समग्र मस्र्याङ्दी कोरिडोर क्षेत्रको समृद्धिका लागि सम्भावना र अवसरको बारेमा विचार विमर्श गरी योजनाबद्ध विकासको खाका कोर्ने उद्देश्यले यस क्षेत्रका पूर्वप्रधानमन्त्री, संघीय सांसद, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका वर्तमान र पूर्वपदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सम्बद्ध क्षेत्रका विज्ञहरूको सहभागितामा एक बृहत् गोष्ठी मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
करिडोरभित्रका पालिका कृषिमा आत्मनिर्भर हुँदै उत्पादित वस्तुको एकआपसमा बजारीकरण र साझेदारीका कार्यक्रम संयुक्त रूपमा अगाडि बढाउँदै लैजाने तथा आगामी माघको पहिलो हप्ता गोरखा नगरपालिकामा सातौं बैठक बस्ने निर्णय गरेको छ । करिडोरअन्तर्गतका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको बैठक चामे गाउँपालिकाको आयोजनामा सञ्चालन भएको थियो ।
युरोप शाखालाई चलायमान र गतिशील बनाउन आग्रह
काठमाडौं, (नेस)
नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच सञ्जयभक्त कँडेल नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई जुममार्फत शपथग्रहण तथा पदस्थापन गरिएको हो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक आरके त्रिपाठीले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासमा रहेका नेपाली पत्रकारले पत्रकारिताको माध्यमबाटै नेपाललाई योगदान गर्नुपर्ने बताउनुभयो । लोकतन्त्रवादी पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यका साथ वैदेशिक शाखा विस्तार गरिएको उल्लेख गर्दै लम्सालले युरोप शाखालाई चलायमान र गतिशील बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, निर्वाचन समितिका संयोजक एवं कांग्रेस नेता आरके त्रिपाठी, केन्द्रीय प्रतिनिधि एवं युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, प्रेस युनियन युरोपका सल्लाहकार एवं वरिष्ठ पत्रकार भागीरथ योगी, युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला, प्रेस युनियन पोर्चुगलका संयोजक वासु सत्याललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रम प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षता, सविना श्रेष्ठको स्वागत तथा भरत प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।
विमानस्थलको पार्किङमा लुट
काठमाडौं, (नेस)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्कको नाममा लुट हुने गरेको छ । विमानस्थलभित्र प्रवेश गर्नेवित्तिकै हल्का सवारीसाधनको सय, कार जिपको ८० र मोटरसाइकल स्कुटरको ४० रुपियाँ लिई सर्वसाधारणलाई सरकारी निकायमा जाँदा नै लुटिनु परेको छ । दैनिक मानिसहरूको चहलपहल हुने सरकारी कार्यालयले नै मानिस लुट्न ठेक्का लगाउने नियतमा शंका उत्पन्न हुँदै आएको छ ।
साउदी अरबमा दाजुलाई बिदाइ गर्न आएका इटहरीका कृष्ण पौडेलले सरकारी निकायलाई पार्किङ शुल्क उठाउनुपर्ने बाध्यता नभई तस्कर र माफियासँग कर्मचारी र माफियाले रकम लिने गरेको बताउनुभयो । उहाँले हामीले विदेशबाट रेमिट्यान्स पठाउँदासमेत सरकारलाई नपुगेर सरकारी कार्यालयमा गएबापत रकम तिर्न बाध्य बनाएको बताउनुभयो ।
वर्षौंदेखि त्रिभुवन विमानस्थलको माथिल्लो भागमा सिद्धगढी मारुती जेभी प्रालिले पार्किङ शुल्क उठाउँदै आइरहेको छ भने अन्तर्राष्ट्रिय टर्मिनलको अराइभलतर्फ (तल) आइएमएस एयरपोर्ट सर्भिसेजले पार्किङ शुल्क लिँदै आएको छ । दुवै संस्थाले मनलाग्दी रूपमा वर्षेनी पार्किङ शुल्क बढाउने गरेका छन् । यसमा सामान्य मजदुरी गर्न जाने दाजु, बुवाका आफन्तका सन्तानले विदेश जान विमानस्थल प्रवेश गर्नेबित्तिकै रकम तिर्नु परिरहेको छ । यस अगाडि गत भदौदेखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको थियो । यसरी पार्किङ शुल्क उठाउने संस्थाका सञ्चालक सरकारनिकट छन् ।
फोटो
गुुठीको जग्गा खोज्न तदर्थ समिति
चिरञ्जीवी मास्के, दोलखा
प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्षदेखि निष्कृय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या देखिएको छ ।
परम्परागत संस्कृतिअनुसार प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन भीमेश्वर मन्दिरमा गुठीयारको तर्फबाट तोरीको तेल, मह, दही, दूधलगायतले महास्नान गराउने र राँगो काट्ने प्रचलन रहेको छ । त्यसरी महास्नान गरेर रागो काटेपछि चारदिनसम्म बलि पूजा नचल्ने परम्परा रहेको छ ।
महास्नान गुठी निष्क्रिय बनेको र तत्कालीन गुठियारहरूले २०५१ सालको नापीमा गुठीको जग्गा आफ्नो नाममा गरेपछि आयस्रोतको समेत अभावमा महास्नान र खड्गेजात्रामा समस्या देखिएकाले महास्नान गुठी सञ्चालनको लागि गुठीयारहरूकै पहलमा ८५ वर्षीय ज्येष्ठ नागरिक भीमसेन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा रामकुुमार श्रेष्ठ, महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सचिव शम्भुु श्रेष्ठ र कोषाध्यक्ष रञ्जित श्रेष्ठ रहेका छन् । त्यसै गरी तदर्थ समितिको सदस्यहरूमा गम्भीर श्रेष्ठ, बालगोपाल श्रेष्ठ, शान्ति श्रेष्ठ र दुुर्गा श्रेष्ठ रहेका छन् ।
गुठियारहरूको भेलाले तदर्थ समितिलाई तत्कालै सरकारको आधिकारिक निकायमा महास्नान गुठीको नाममा दर्ता गर्ने र विहार्छे तथा डाँडाथोक टोलमा रहेको महास्नान गुठीको नामको जग्गा–जमिनको खोजी गरी पुनः त्यसलाई गुठीकै नाममा ल्याउन पहल गर्ने निर्णय गरेको तदर्थ समितिको महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनुभयो ।
त्यसरी विगतमा गुठीको नाममा रहेको जग्गा पुनः गुठीकै नाममा ल्याएपछि त्यसैको आयस्रोतले परम्परागत संस्कृतिअनुसार प्रत्येक वर्ष भीमेश्वरलाई महास्नान गराउन र खड्गेजात्रा सहज ढङ्गले सञ्चालन गर्न सहयोग पुुग्ने महासचिव श्रेष्ठले बताउनुुभयो ।
विगतमा विहार्छे टोल र डाडाँथोक टोलका गुठीयारले तोरीको तेल, दही, दूध, घ्युुलगायतका सामग्री उपलब्ध गराई त्यसैबाट भीमेश्वरलाई महास्नान र खड्गेजात्रा समेत सञ्चालन गरिँदै आएकोमा पछि त्यो काम बन्द भएको महासचिव श्रेष्ठको भनाइ छ । महास्नान गुठीमा दुुई टोलका सबै परिवार गरी झण्डै तीन सय जना आबद्ध रहेको श्रेष्ठले बताउनुभयो ।
मंसिर ७ मा एमालेको ‘डिफेन्सिप’ प्रदर्शन
जीवन शर्मा, काठमाडौं
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले मुलुकमा बढेको अराजकताविरुद्ध आगामी मंसिर ७ गते ‘डिफेन्सिप’ प्रदर्शन गर्ने भएको छ । जागरण सभाको नाम दिएर एमालेले समाजमा बढ्दो बेथितिविरुद्ध आफ्ना नेता कार्यकर्ता परिचालन गर्दै उपत्यकास्तरीय प्रदर्शन गर्ने तयारी गरेको हो ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम तथा आम नागरिकलाई राजनीतिक स्थिरताको सन्देश दिने उद्देश्यले शक्ति प्रदर्शन गर्ने तयारी गरिएको नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘एमाले–कांग्रेससहितको सरकारको काम जनतालाई डेलिभरी दिने, सुशासन दिने र मुख्य कुरा राजनीतिक स्थितरता कायम गर्ने नै हो’, उहाँले भन्नुभयो– ‘त्यसकारण यो सरकारले सुशासनका लागि काम थालेको छ । सहकारीबाट लाखौं व्यक्तिको अर्बौं रकम अपचलन भएको र त्यसको विषयमा छानबिन समितिले दिएको सुझावका आधारमा सरकारले काम गरिरहेको छ । सडकमा पपुलिस्ट र अराजकता फैलाउने शक्तिहरूले केही भएन भन्ने अफवाह फैलाइरहेकाले त्यसको प्रतिकार गर्न जागरण सभा गरेर नागरिकलाई सकारात्मक सन्देश दिन एमालेले कार्यक्रम तय गरेको हो ।’
प्रतिपक्षी दल र केही अराजक शक्तिले वर्तमान व्यवस्था र नेतृत्वमाथि चौतर्फी रूपमा आक्रमण गरिरहेको बेला एमाले कार्यकर्ताहरू मौन बस्न नहुने निष्कर्षसहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको नेताहरूले बताएका छन् । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित देशरभर ६ सय व्यक्तिहरू पक्राउ परिसकेका छन् । तर, रास्वपाले राजनीतिक प्रतिशोध साँधेर सहकारी प्रकरणमा आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरी अनावश्यक दुःख दिएको भन्दै सत्तारुढ दलका विरुद्धमा खनिएका छन् । रास्वपाका सांसद केन्द्रीय समितिदेखि भूगोलका नेता कार्यकर्तासमेत रविको बचाउमा कात्तिक ३ गतेबाटै सडकमा छन् । २ कात्तिकमा पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई अदालतको अनुमतिमा म्याद थप गर्दै पोखरा प्रहरी हिरासतमा राखेर सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले यसअघि कात्तिक १० गते सरकारलाई खबरदारी गर्न काठमाडौंको भृकुटीमण्डमा खबरदारी सभा गरेको थियो । काठमाडौंपछि माओवादी केन्द्रले देशैभरका पालिकामा समेत खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।
प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरू सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै सडकमा ओर्लंदा सत्तारुढ दलसमेत जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्न पुगेपछि दलहरूको पहिलो रोजाइ सडक नै बने प्रस्ट देखिन्छ । विपक्षी राजनीतिक पार्टीहरूले खास गरी भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाइरहेका छन् । एमालेले पनि सोही शैलीमा प्रदर्शन गर्ने तयारी गरेर विपक्षीलाई जवाफ दिने माध्यम जागरण सभालाई बनाउने तयारी गरेको हो ।
सभा र प्रदर्शनमा करिब १ लाख नेताकार्यकर्ता सडकमा आउने एमाले नेताहरूले बताएका छन् । काठमाडौंको भृकुटीमण्डमा हुने जागरण सभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने तयारी गरेको छ । सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य र व्यवस्थित बनाउन जनसंगठन र सम्पर्क मञ्च परिचालन गरेको नेकपा एमाले वागमती प्रदेश कमिटी इन्चार्ज राजन भट्टराईले जानकारी दिनुभयो । भट्टराईकै नेतृत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन भइसकेको छ ।
समितिको सहसंयोजकमा एमाले वागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल छन् भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, समिक बडाल र जनक चौधरी छन् । काठमाडौंपछि एमालेले देशैभर जागरण सभा आयोजना गर्ने नेता भट्टराईले जानकारी दिनुभयो ।