सधैँ बीउको चिन्ता : किसान भन्छन् ‘ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’
महोत्तरी – देशका धेरैजसो ठाउँमा अहिले धान भित्र्याउने चटारो छ । धान भित्र्याएका किसान गहुँ छर्ने तयारीमा छन् । तर नयाँ बाली लगाउने बेला भयो कि किसानलाई बीउको चिन्ता हुन्छ । मौसमअनुसार गहुँ छर्ने तयारी गर्ने बेला भयो तर बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता भइरहेको महोत्तरीको बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतोको गुनासो छ । उहाँ भन्नुहुन्छ,‘ बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन् ।’ बेलैमा गहुँ छर्न पाइँदा मङ्सिर २२ भित्र सक्नुपर्ने हुँदा अहिलेदेखि नै बीउको चिन्ता परेको उहाँ बताउनुहुन्छ ...
Source : https://ujyaaloonline.com/story/108899/2024/11/16/always-worried-about-the-seeds-