समुद्री सतहमुनि रहेको बाकुबाट सर्वाेच्च शिखर सगरमाथाको सन्देशः ‘हिमालको हिउँ जोगाऔँ’
बाकु (अजरबैजान) – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा चलिरहेकाे छ । बाकु शहर समुद्री सतहबाट २८ मिटर (९२ फिट) तल रहेकाे छ । यो समुद्री सतहदेखि विश्वकै सबैभन्दा तल्लो सतहमा रहेको राजधानी शहर हो । यही शहरबाट समुद्री सतहदेखि आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर उचाइको विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको देश नेपालले हिमालको हिउँ जोगाउनका लागि पहल गर्न विश्वको ध्यानाकर्षण गराएको छ । सम्मेल...
Source : https://ujyaaloonline.com/story/108930/2024/11/17/nepal-request-to-protect-the-snow-of-the-himalayas