सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाकै १ लाख ५९ हजार नाघ्यो

काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार बढेको मूल्यले सोमबार पनि उकालो यात्रा जारी राखेर नयाँ कीर्तिमान बनाएको हो ।

सोमबार तोलामा४ सयले बढेर १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post सुनको मूल्य ऐतिहासिक उचाइमा, तोलाकै १ लाख ५९ हजार नाघ्यो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491218/