हुम्लामा आफ्ना उम्मेदवारलाई अरू दलले अपहरण गरेको भन्दै रास्वपाले आयाेगमा निवेदन दियाे
काठमाण्डाै – हुम्लामा आफ्ना उम्मेदवारलाई अरू दलले अपहरण गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा निवेदन दिएको छ । हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवार सुजाता थापालाई अपहरण गरेको दाबीसहित पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला हिजोदेखि अपहरणको शैलीमा अपरिचित ठाउँमा लगेर बन्धक बनाइएको रास्वपाको दाबी छ ।
Source : https://ujyaaloonline.com/story/108945/2024/11/17/rsp-submitted-an-application-to-nec