१७ वर्षमुनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौ – १७ वर्षमूनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि भुटानको थिम्पुमा शुरु हुनेछ । हिजोदेखि शुरु भएको च्याम्पियनसिपमा भारतले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले बङ्गलादेशलाई १–० गोलले हरायो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पर्सि श्रीलङ्क र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।

Source : https://ujyaaloonline.com/story/106847/2024/9/21/nepal-playing-against-pakistan-under17-saff