८ वर्षको प्रयासपछि आजबाट बंगलादेशमा विद्युत निर्यात हुँदै
समाचार सुन्नुहोस :
काठमाडौँ – ८ वर्ष लामो प्रयासपछि नेपालबाट बंगलादेशमा नेपालले आज (शुक्रबार)बाट बंगलादेशमा बिजुली निर्यात गर्न सुरु गर्ने तयारी गरेको छ। असोज १७ मा सम्पन्न त्रिपक्षीय सम्झौता अनुसार, नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् आपूर्ति गर्नेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार, नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीहरूले भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि आजै नेपालले औपचारिक रूपमा बंगलादेशमा बिजुली पठाउनेछ।
The post ८ वर्षको प्रयासपछि आजबाट बंगलादेशमा विद्युत निर्यात हुँदै appeared first on Samudrapari.