‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर

काठमाण्डाै – गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् । गुन्डा नाइके चक्रे मिलनकाे ज्यान मार्ने उद्याेग गरेकाे अभियाेगमा आज सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेकाे फैसलालाई सदर गरेकाे हाे । यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याेगमा पाँच वर्षकाे कैद सजाय सुनाएको थियो । याे फैसलाविरुद्ध मनाङे सर्वाेच्चमा पुगेका थिए ।

Source : https://ujyaaloonline.com/story/108515/2024/11/5/deepak-manang-was-found-guilty-of-murder