अरुण भ्याली फुटबलः लोहोरुङ र पञ्चकन्या क्वाटर फाइनलमा

संखुवासभा । खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा दुई टिम क्वाटर फाइनल प्रवेश गरेका छन् । एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा सामाजिक सद्भावका लागि युवा एकता –विकृति,विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने मूल नाराका साथ नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता बुधबारवाट सुरु भएको हो ।

खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा आज भएको फुटबल प्रतियोगितामा दुई टिम क्वाटर फाइनल प्रवेश गरेका हुन् । नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा लोहोरुङ क्लव पाङ्मा र पञ्चकन्या युथ क्लव क्वाटर फाइनल प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा लोहोरुङ क्लव पाङ्मा र मकालु फ्रेन्डस क्लव बीच प्रतिस्पर्धा भएको छ । लोहोरुङ क्लव पाङ्माले १ गोलका विरुद्ध ६ गोल अन्तरले पराजित गरेको छ । त्यस्तैगरी दोस्रो खेलमा पञ्चकन्या युथ क्लवले गाउँले फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोल पराजित गरेको छ ।

प्रतियोगितामा जिल्लाका मोरङको बेलबारी फुटबल क्लव, धनकुटाको चुलाचुली युवा क्लव र सुनसरीको पाथीभरा फुटबल क्लब सहित कोशी प्रदेशका १२ टिमको सहभागिता रहेको छ । विजयी टिमलाई नगद दुई लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद एक लाख रुपैयाँ सहित ट्रफी,मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजक एड्भान्स क्लवले जनाएको छ । फुटबल प्रतियोगितामा करिब रु २८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

The post अरुण भ्याली फुटबलः लोहोरुङ र पञ्चकन्या क्वाटर फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102715/