इङ्गल्यान्डका सेफले सुदूरपश्चिम राेयल्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – इङ्गल्यान्डका सेफ अली जेबले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्यबाट खेल्ने भएका छन् । इङ्गल्यान्डका ब्याटिङ अलराउन्डर सेफलाई टोलीमा अनुबन्ध गरेको सुदूरपश्चिम रोयल्सले बताएको छ । २६ वर्षीय अलराउन्डरले काउन्टी क्रिकेट र काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट खेल्ने अवसर भने पाएका छैनन् । अलराउन्डर सेफले ७४ टी–२० क्रिकेटमा एक हजार दुई सय ६६ रनसहित १२ विकेट लिएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्य...

Source : https://ujyaaloonline.com/story/108120/2024/10/24/saif-from-englands-will-play-from-sudurpaschim