इलाममा उत्पादित तयारी चियाको माग बढ्याे, उत्पादन घट्याे

इलाम – इलाममा उत्पादित तयारी चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढे पनि यस वर्ष उत्पादन घटेको छ । भारत, चीन, फ्रान्सलगायत देशबाट तयारी चियाको माग आउने गरेको चिया व्यवसायी बताउँछन् । इलाम नगरपालिका वडा नम्बर ५ बिब्ल्याँटेका चिया व्यवसायी शरद् सुब्बालले यसवर्ष विदेशी व्यापारीले दुई हजार किलो ‘स्पेसल टी’ माग गरेकामा एक हजार पाँच सय किलो मात्र उपलब्ध गराउने सकिने बताउनुभयो । सुइरोबाट बनाइने तयारी चियाको लागि व्यापारीहरुले पहिला नै रकम पठाएर ‘बुकिङ’ गर्छन् । उत्पादनमा कमी आएकाले मागअनुसार नि...

Source : https://ujyaaloonline.com/story/108198/2024/10/26/prepared-tea-produced-elam-decreased