उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसाे बढ्याे

काठमाण्डाै – मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँ तथा कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा चट्याङसहित ...

Source : https://ujyaaloonline.com/story/108038/2024/10/22/chance-of-snowfall-in-high-hills-and-himalayas