उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

नवलपरासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्याेगहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछि जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र त्याे पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताउनुभयो । उहाँका अनुसार केमिकल मिसिएको पानी खोला, नालामा ...

Source : https://ujyaaloonline.com/story/109375/2024/11/28/ramgram-and-palhinandan-stink-with-polluted-water