उद्योगलाई ५६ किस्ताको सुविधा, पहिलो किस्ता नबुझाएसम्म लाइन नजोडिने
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको सुविधा लिएर पनि महसुल नतिरेका उद्योगलाई ५६ किस्तामा रकम बुझाउने सुविधा दिएको छ । हिजो बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले २८ पटकको किस्ताबन्दी सुविधालाई बढाएर ५६ किस्ता पुर्‍याएको छ । हिजोको बैठकले उद्योगीले पहिलो किस्ता तिर्छु भनेर निवेदन दिने र पहिलो किस्ताको रकम दिएपछि तत्काल लाइन जोड्ने निर्णय गरेको हो । हिजो नै विद्युत् नियमन आयोगले पनि बाँकी रहेको बक्यौता तिर्न थालेपछि मात्रै उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न प्राधिकरणलाई निर्देशन ...
Source : https://ujyaaloonline.com/story/108353/2024/10/31/line-will-not-beconnected-until-installment-paid