अपर राहुघाट जलविद्युत् आयोजना निर्माणकाे काम अन्तिम चरणमा
म्याग्दी– राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणकाे काम अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युतगृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आउँदो असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम...
Source : https://ujyaaloonline.com/story/108355/2024/10/31/upper-rahughat-hydroelectric-project-final-stage