एमाले र कांग्रेसले लोकतन्त्रलाई मर्न दिँदैनौँ- प्रधानमन्त्री ओली

काठमाडौँ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘हामी केही गर्दैछौँ । जनतालाई भोकै मर्न दिँदैनौँ । गरिबीसँग तड्पिन दिँदैनौँ । त्यसका लागि अहिलेको सरकार बनेको हो ।’

Source : https://newsofnepal.com/2024/10/26/675366/