कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् । जङ्गली हात्तीले घर भत्काएपछि आफू एक हप्तादेखि परिवारसहित छिमेकीको घरमा बस्न बाध्य भएको वडा नम्बर ४ का ठगी कडाराले बताउनुभयो । हात्तीले उहाँको घर भत्काएर अन्न खाइदिएको छ । हात्तीको बथान गाउँ पसेपछि एक हप्तादेखि गाउँभरका मानिस सुत्न नपाएको उहाँले बताउनुभयो । हात्तीले हरिलाल टमटा र राज टमटाको पनि घर भत्काएर अन्न खाइदिएको छ । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पुर्‍याउने डर भएकाले खेतमै बाध्नु...

Source : https://ujyaaloonline.com/story/109245/2024/11/25/wild-elephant-terror-in-laljhari-



Related Posts