कम्बोडियाका प्रधानमन्त्रीसंग सभामुख घिमिरेको भेट
समाचार सुन्नुहोस :
काठमाडौँ – सभामुख देवराज घिमिरेले पाँच दिने कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री सम्देच हुन मानेट, सिनेट अध्यक्ष सम्देच हुन सेन र राष्ट्रिय सभाका अध्यक्ष सम्देच खुऔन सुदारीसँग शिष्टाचार भेटघाट गरेका छन्।
प्रधानमन्त्री मानेटसँगको भेटमा नेपाल र कम्बोडियाबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा छलफल भयो। सभामुख घिमिरेले लुम्बिनी र अंगकोरलाई जोड्ने प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिँदै धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले कम्बोडियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन्।
सिनेट अध्यक्ष हुन सेनसँगको भेटमा विधायिकाबीचको सम्बन्ध बलियो बनाउने, संसदीय अभ्यास र क्षेत्रीय सहयोगबारे छलफल भयो। सभामुखले नेपाली शान्ति प्रक्रियाको अनुभव बाँड्दै साझा हितका क्षेत्रमा सहकार्यको सम्भावना औंल्याए। सभामुखले अन्तर्राष्ट्रिय संसदको पूर्ण सत्रमा सम्बोधनसमेत गरे। कम्बोडिया भ्रमणलाई दुई देशबीचको आर्थिक, सांस्कृतिक, र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ।
The post कम्बोडियाका प्रधानमन्त्रीसंग सभामुख घिमिरेको भेट appeared first on Samudrapari.