कर्णाली प्राकृतिक स्रोत साधनले सजिएको छ: प्रदेश प्रमुख

दैलेख । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णाली प्राकृति स्रोत साधनले सजिएको बताए । गएको बुधवार जिल्ला भ्रमणको क्रममा दैलेख पुगेका जोशीले कार्यालय प्रमुख र राजनीति दलको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

,“भोक, रोग, अविकसित र पिछडिएको कर्णाली भनेर आफुले पढन र सुन्न पाएपनि त्यस्तो नभएको बताए । मैले कर्णाली पढे,सुने जस्तो छैन् । कर्णाली सुन्दर छ,प्राकृतिक स्रोत साधनले सजिएको छ ।

पुथ्वीका रक्तसञ्चार मानिने दुई ठुलो भेरी र कर्णाली नदी,पेट्रोलियम पर्दाथ, यसै प्रदेशमा छ , जल,जमिन,वहुमुल्य जडिबुटीले भरिपुर्ण छ । नेपाली भाषाको पहिलो शिलालेख,धार्मिक ऐतिहासिक,देवल मठ मन्दिर विभिन्न जातजातिको उद्गमस्थल यस्तो सभ्यता बोकेका अन्य प्रदेश छैनन् । यो प्रदेशमा हिमाल,पहाड र तराईको हावापानी छ ।” नेताको बोलाई र व्यवहारमा आउने भिन्नताले गर्दा कर्णालीको विकास नभएको हो । हामीले यो प्रदेशको उन्नति र विकास गर्ने हो भने,प्रतिवद्धता र इमान्दारिताको खाँचो छ । जनप्रतिनिधी र कार्यालय प्रमुखलाई इंगित गर्दै उनले भने, ‘तपाई प्रतिवद्धता र इमानदारिता भईदिनुहोला ।’

तर यहाँको जिल्लामा विकास निर्माणका लागि राजनीतिदलमा देखिएको समझदारी भने नमुना गर्न लायक भएको बताए । नागरिकको समस्याको समाधानतिर तीनै तहका सरकार लागे मात्र लोकतन्त्र बलियो हुने उनको भनाई छ ।दैलेख एतिहासिक र पुरातात्विक सांस्कृतिको धनी जिल्ला भएकोले स्थानीय उत्पादनमा वढावा दिई, विनियोजित बजेट सदुपयोग गरि कार्यक्रम सञ्चालन गर्नका लागि सुझाव दिए ।

त्यसैगरि प्रतिनिधी सभा सदस्य दिक्पालकुमार शाहीले महिनामा सरकार बदलिरहने परिस्थितिले समुद्धि नआउने बताए । उनले भने,‘हामी समृद्धि ल्याउने त भन्छौं । तर महिना दिनमा बदलिने सरकारले आम नागरिकको विकास हेर्ने सपनालाई पुरा गर्न सकेको छैन । जिल्लाका अधिकाँश विकासका पैसा डिपिआरमा जान थाले । यसलाई अब रोक्नुपर्छ ।’

सोही कार्यक्रममा प्रतिनिधी सभा सदस्य सिताकुमारी रानाले सबै ठाउँमा राजनीति गर्नाले जिल्लाको विकास हुन नसकेको बताईन । नारायण नगरपालिका दैलेखले किरियापुत्री लागि बनाएको घरलाई उदाहरण दिदै भनिन् । “हामीले विकास भविष्य हेरेर गर्नुपर्छ । बेरोजगारी समस्याले गर्दा गाउँघरमा बस्ती र घर रित्ता छन् ।

उत्पानशिलमा लगानी ग¥यौं भने मात्र त्यसले सार्थकता पाउँछ । संघियता सरलता हो,तर जटिल बन्दै गएकोले नागरिकमा विकासको पहुँच पुगेको छैन ।’ वर्तमान गठबन्धन सरकारको सयदिन पुगेपनि सुशासन आएको छैन,सत्य यही नै हो । तथ्यांक विना विकास नगर्रौ,उनले थपिन ।

The post कर्णाली प्राकृतिक स्रोत साधनले सजिएको छ: प्रदेश प्रमुख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102717/