काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराईका क्षेत्रमा हल्का हुस्सु लागेको छ । हुस्सुका कारण बिहान भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा हुस्सु हट्ने र भिजिविलिटी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो केहीबेर बादल लागे पनि धेरै ठाउँको मौसम घमाइलो हुने  मौसमविद् मीन कुमार अर्यालले बताउनुभयो । देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक ब...

Source : https://ujyaaloonline.com/story/109270/2024/11/26/light-fog-in-some-parts-of-ktm-valley-and-terai-