कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्धको रिट खारेज, आयोजना अघि बढाउने बाटो खुल्यो

काठमाण्डौ – सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गरेको छ । न्यायाधीश डा.कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले हिजो रिट निवेदन खारेजीको फैसला गरेको हो । अदालतले रिट निवेदन खारेज गरेसँगै आयोजना अघि बढाउने बाटो खुलेको छ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध २०७८ साल असारमा सर्वोच्च अदालतमा रिट परेको थियो । अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ । फैसलाको लिखित पाठ आउन बाँकी छ । कालीगण्ड...

Source : https://ujyaaloonline.com/story/108242/2024/10/28/dismissal-of-writ-against-tinau-diversion-multipur