कोप २९ : गरिब देशलाई वर्षेनि तीन सय विलियन डलर दिन धनी देशहरु सहमत

काठमाण्डौ – जलवायु परिवर्तनसँग जुध्न विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वर्षेनि तीन सय विलियन अमेरिकी डलर (नेपाली रुपैयाँ चार सय पाँच खर्बभन्दा बढी) सहयोग गर्ने सहमति गरेका छन् । अजरबैजानको बाकु शहरमा भएको विश्व जलवायु सम्मेलन कोप–२९ मा धनी देहरुले सन् २०२५ देखि २०३५ सम्म वर्षेनि तीन सय बिलियन डलरका दरले रकम दिने सहमति गरेका हुन् । यसअघि हिजो दुई सय ५० बिलियन डलर मात्रै दिने मस्यौदा सार्वजनिक भएपछि सम्मेलन स्थलमै गरिब देशहरुले प्रदर्शन गरेका थिए । गरिब देशहरुको दबाबपछि ३३ घण्टासम्म चलेको वार्ता...

Source : https://ujyaaloonline.com/story/109186/2024/11/24/300billion-dollars-annually-poor-countries