क्यानडाको जङ्गलमा ५ हप्ताअघि हराएका युवा जीवितै भेटिए
क्यानडाको ब्रिटिश कोलम्बियाको जङ्गलमा पाँच हप्ताअघि हराएका युवा जीवितै भेटिएका छन् । पाँच हप्ताअघि उत्तरी ब्रिटिश कोलम्बियाको जङ्गलमा पदयात्रा गर्न हिँडेका २० वर्षका साम बेनास्टिक जीविकै भेटिएका क्यानडाका प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था राम्रै रहेको खबरमा उल्लेख छ । जङ्गलमा अलपत्र परेको अवस्थामा बेनास्टिकलाई अस्ति दुई जना कामदारले देखेपछि उद्धार भएको थियो । उनी हिउँले ढाकिएको जङ्गलमा ३५ दिनसम्म हराएका थिए । गएको अक्टोबर ७ तारिखमा उनी १० दिनको पदयात्रा र माछा मार्...
Source : https://ujyaaloonline.com/story/109361/2024/11/28/missing-hiker-found-alive-after-five-weeks