चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने निर्णयमा ढिलाइ गर्न ईयूलाई मर्सेडिज बेन्जको आग्रह

जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ । मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको हितलाई नोक्सान पुग्नबाट बचाउनका लागि थप कर लगाउने लागू गर्न ढिलाइ गर्न आग्रह गर्दै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सीईओ केलेनियसले आफूहरूलाई थप अवरोधहरू नभई स्वतन्त्र व्यापार चाहिएको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले चिनिय...

Source : https://ujyaaloonline.com/story/108039/2024/10/22/mercedes-urges-eu-to-delay-tariffs-on-chinese-evs