जापानको सत्तारुढ दल एलडीपीले बहुमत गुमायो

जापानमा सात दशकदेखि शासन गर्दै आएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले बहुमत गुमाएको छ । हिजो भएको चुनवामा प्रधानमन्त्री शिगेरु इशिबाको दल एलडीपीले बहुमत गुमाएको हो । जापानको तल्लो सदनमा रहेको चार सय ६५ सीटमध्य एलडीपीले एक सय ९१ सीट मात्रै जितेको छ । एलडीपीको सत्ता साझेदार दलको समेत गरी प्रधानमन्त्री इशिबाको पक्षमा दुई सय १५ सीट भएको छ । बहुमतका लागि दुई सय ३३ सीट आवश्यक पर्छ । सन् १९५५ मा पार्टी स्थापना भएदेखि लगातारजसो शासन गर्दै आएको एलडीपीले सन् २००९ मा भएको चुनावमा पनि बहुमत गुमाएको थियो । तर अरु दल...

Source : https://ujyaaloonline.com/story/108239/2024/10/28/japans-ruling-party-the-ldp-has-lost-its-majori-