जिपले मोटरसाइकललाई ठक्करबाट दिँदा एक जनाको मृत्यु

काठमाडौं ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालकको ज्यान गएको छ।

शिवसताक्षी नगरपालिका-१ कमल पुलमा गए राति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललितबहादुर थापाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो। 

उनी सवार मोटरसाइकललाई गए राति विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Source : https://newsofnepal.com/2024/11/27/680264/