झापामा तास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ

बिराटनगर । झापाको शिवसतक्षी नगरपालिका-९ दुधे स्थितबाट जुवा तास खेल्दै गरेको अवस्थामा १२ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवसताक्षी-९ स्थित रहेको सगरमाथा होटलमा जुवा जन्य तास खेलिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली होटलको तेश्रो तल्लामा तास खेली रहेको अवस्थामा होटल संचालक ३९ बर्षीय बिनोद खरेल, शिवसताक्षी-९ का २० बर्षीय सौगात मैनालीलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए ।

यस्तै,४१ बर्षीय खगेन्द्र उप्रेती, ४१ बर्षीय दिनेश बाराकोटी, ३७ बर्षीय भिम बहादुर भण्डारी, ३९ बर्षीय प्रकाश लिम्बु, ४७ बर्षीय दिपक तामाङ, शिवसताक्षी- ६ का ४२ बर्षीय नविन तिम्सिना, ५० बर्षीय मिलन भण्डारी, शिवसताक्षी-११ का ३२ बर्षीय नरेन्द्र बिश्वकर्मा, ३६ बर्षीय लोक बहादुर बिश्वकर्मा र भारत कल्कत्ताका ४१ बर्षीय परिदोश पललाई पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एक बुक तास र नगद ५ लाख ‍४ हजार ३० रुपैँया बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

The post झापामा तास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102304/